प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ६६ स्थानको नतिजा सार्वजनिक हुँदासम्म जम्मा ७ सिट जितेको नेपाली कांग्रेसलाई सबभन्दा ठूलो राहत काठमाडौंले नै दिएको छ।
कांग्रेसले जितेका सात सिटमध्ये चार सिट काठमाडौंबाट मात्र छ।
काठमाडौं– १ मा प्रकाशमान सिंह, ४ बाट गगन थापा, ६ मा भीमसेनदास प्रधान र १० मा राजन केसी विजयी भएका छन्।
यसबाहेक कांग्रेसले जितेका बाँकी तीन सिटमा रसुवामा मोहन आचार्य, मोरङमा मिनेन्द्र रिजाल र रौतहटमा मोहम्मद अफताब आलम छन्।
वाम गठवन्धन हावी हुँदै गएको यो निर्वाचनमा कांग्रेसका हस्ती नेता एकपछि अर्को पराजित भएका छन्।