काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेल साढे ६ हजार मतले अगाडि


केही समय रोकिएर फेरि सुरु भएको काठमाडौं–५ को मतगणनामा एमालेका ईश्वर पोखरेलले आफ्नो सुरुआती अग्रता कायम राखेका छन्।

पछिल्लो परिणामअनुसार उनले १५४८१ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी कांग्रेसका प्रकाशशरण महतले ८८८८ मत ल्याएका छन्।

यहाँ ३९९० मत ल्याएर विवेकशील साझाका उज्वलबहादुर थापा तेस्रो स्थानमा छन्।

कुल १० निर्वाचन क्षेत्र रहेको काठमाडौंका अन्य सबै ठाउँको नतिजा घोषणा भइसकेको छ। वाम गठबन्धन तर्फबाट एमाले ५ स्थानमा जितेर सबभन्दा अगाडि छ भने कांग्रेसले ४ स्थानमा जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.