प्रत्यक्षतर्फ नतिजा आएका निर्वाचन क्षेत्रको समानुपातिक मत गणना पनि सुरु भएको छ। मध्यरात साढे १ बजेसम्म १ लाख ५२ हजार ९ सय ६७ मतगणना भएको छ।
अहिलेसम्म समानुपातिकतर्फ पनि एमालेले नै अग्रता लिएको छ। एमालेले ६० हजार ५ सय ४ मत ल्याएको छ। नेपाली कांग्रेसले ५६ हजार ५ सय ६० मत ल्याएको छ। माओवादी केन्द्रले २४ हजार १ सय ३२ मत पाएको छ।
अहिलेसम्मको मतगणनामा नयाँ शक्ति नेपाल चौथो स्थानमा छ। उसले ५ हजार १ सय ४६ मत पाएको छ। राष्ट्रिय जनता पार्टी नेपालले १ हजार ७ सय ३२ मत पाएको छ।
राप्रपाले १ हजार ७ सय १२, विवेकशील साझा पार्टीले ७ सय ८१, राप्रपा प्रजातान्त्रिकको ३ सय ४३ र संघीय समाजवादी फोरमको २ सय ८२ मत छ। कुन जिल्लाबाट गणना सुरु गरिएको भन्ने आयोगले खुलाएको छैन ।