देशैभरी वर्चश्व जमाएको वाम गठबन्धन २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ। ३२ क्षेत्र रहेको यो प्रदेशमा फोरम–राजपा गठबन्धन बलियो देखिएको छ। यहाँ फोरम-राजपा गठबन्धनले २ स्थानमा विजय हासिल गरेको छ भने १५ क्षेत्रमा अग्रता लिएको छ। वाम गठबन्धन भने ९ क्षेत्रमा मात्रै अगाडि छ।
सप्तरी–२ मा फोरमका उपेन्द्र यादव र रौतहट–१ मा राजपाका अनिल झा विजयी भइसकेका छन्। यसबाहेक यो गठबन्धनले १५ स्थानमा अग्रता लिएको छ।
सप्तरी–१ मा फोरमका सूर्यनारायण यादवले अग्रता लिएका छन्। उनले १७ हजार ७ सय ५६ मत ल्याएका छन्। दोश्रोमा रहेका वाम गठबन्धनका अशोककुमार मण्डलले १२ हजार ९ सय ५९ मत पाएका छन्।
सप्तरी–३ मा राजपाका चन्द्रकान्त चौधरीले २२ हजार ५ सय ८४ मत पाएका छन्। दोश्रोमा रहेका कांग्रेसका दिनेशकुमार यादवले १९ हजार ४ सय १ मत ल्याएका छन्।
सिराहा–२ मा फोरमका शत्रुधनप्रसाद सिंहले ६ हजार ६ सय ७७ मत पाएका छन्। नेपाली कांग्रेसका रामचन्द्र यादवको ५ हजार ८ सय १ मत छ।
धनुषा–२ मा फोरमका उमाशंकर अरगरियाले १४ हजार ७ सय १३ मत ल्याएका छन्। दोश्रोमा रहेका माओवादी केन्द्रका रामचन्द्र झाको ८ हजार ४ सय ५८ मत छ।
धनुषा–३ मा राजपाका राजेन्द्र महतोले २७ हजार ३ सय २६ मत पाएका छन्। दोश्रोमा रहेका कांग्रेसका बिमलेन्द्र निधिको २४ हजार ४ सय ३४ मत छ।
धनुषा–४ मा फोरमका महानजन यादवको ६ हजार ८ सय मत छ। दोश्रोमा रहेका कांग्रेसका महेन्द्र यादवले ५ हजार ८ सय ३३ मत ल्याएका छन्।
महोत्तरी–२ मा राजपाका शरतसिंह भण्डारीको ७ हजार २ सय २१ मत छ। दोश्रोमा रहेका कांग्रेसकी किरण यादवले ३ हजार २ सय ६१ मत ल्याएकी छन्।
महोत्तरी–३ मा राजपाकै महन्थ ठाकुरले ३ हजार २ सय ३४ मत ल्याएका छन् भने एमालेका विजयकुमार चौधरीको १ हजार २ सय ४० मत छ।
महोत्तरी–४ मा फोरमका सुरेन्द्रकुमार यादवले १ हजार ५ सय ५२ मत ल्याएर अग्रता लिएका छन् दोश्रोमा रहेका कांग्रेसका महेन्द्रकुमार रायले १ हजार ४ सय ६८ मत ल्याएका छन्।
सर्लाही–१ मा राजपाका प्रमोद साहले ४ हजार ७० मत ल्याएका छन्। दोश्रोमा रहेका एमालेका ध्रुवप्रसाद गौतमले ३ हजार ३ सय ८४ मत ल्याएका छन्।
सर्लाही–२ मा राजपाका महिन्द्र राय यादवले ६ हजार ७ सय ६७ मत ल्याएका छन्। दोश्रोमा रहेका कांग्रेसका जंगीलाल रायले ४ हजार ५ सय ४८ मत ल्याएका छन्।
बारा-२ मा फोरमका रामसहाय प्रसाद यादवले १५ हजार १ सय ३३ मत पाएका छन्। दोश्रोमा रहेका कांग्रेसका राधेचन्द्र यादवले ८ हजार ३ सय ६ मत ल्याएका छन्।
पर्सा–१ मा फोरमका प्रदीप यादवले ११ हजार ४ सय ७० मत ल्याएका छन्। दोश्रोमा रहेका कांग्रेसका अनिलकुमार रुगंटाले ८ हजार १ सय ७७ मत ल्याएका छन्।
पर्सा- ३ मा फोरमका हरिनारायण प्रसाद रौनियारले ४ हजार ३ सय २३ मत ल्याएका छन्। दोश्रोमा रहेको कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले ३ हजार ५ सय २२ मत ल्याएका छन्।
पर्सा–४ मा राजपाकै लक्ष्मणलाल कर्णले ५ हजार २ सय ५६ मत पाएका छन् भने कांग्रेसका रमेश रिजालले २ हजार ९ सय ८६ मत ल्याएका छन्।