देशैभरी वर्चश्व जमाएको वाम गठबन्धन २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ। ३२ क्षेत्र रहेको यो प्रदेशमा वाम गठबन्धनले ९ क्षेत्रमा मात्रै अग्रता लिएको छ।
वाम गठबन्धनका एमाले उम्मेदवार लिलानाथ श्रेष्ठले सिरहा-३ मा अग्रता लिएका छन्। उनले १३ हजार ७ सय ९९ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका अशेश्वर यादवको १२ हजार ५ सय ९५ मत छ।
सिराहा–४ मा वाम गठबन्धनका माओवादी उम्मेदवार अजयशंकर नायकले ९ हजार २ सय ६ मत ल्याएर अग्रता लिएका छन्। दोश्रोमा रहेका राजपाका राजकिशोर यादवले ९ हजार १४ मत ल्याएका छन्।
धनुषा–१ मा माओवादीका मातृका यादवले ५ हजार १ सय ३२ मत पाएका छन्। यो क्षेत्रमा संघीय समाजवादी फोरमका दीपक कार्कीको ३ हजार ५ सय ३३ मत छ।
महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले ८ हजार ८ सय १५ मत पाएका छन्। संघीय समाजवादी फोरमका लक्ष्मी महतोको ५ हजार ७ सय ८८ मत छ।
सर्लाही–३ मा रामेश्वर राय यादवले ४ हजार ८ सय ३० मत पाएका छन्। उनलाई पछ्याइरहेका हरेशप्रसाद महतोको ४ हजार २ सय ६२ मत छ।
रौतहट–३ मा माओवादी केन्द्रका प्रभु साहको अग्रता छ। साहले ८ हजार ९ सय १३ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका सुनिलकुमार यादवले ६ हजार ७ सय ५३ मत पाएका छन्।
बारा–१ मा एमालेका अच्युतप्रसाद मैनालीले १२ हजार २ सय ७८ मत ल्याएका छन्। कांग्रेसका उमाकान्त चौधरीले ११ हजार ७ सय २७ मत ल्याएका छन्।
बारा–३ मा एमालेका अदयानन्द पाण्डेयले ८ हजार ३ सय ३६ मत ल्याएका छन् भने कांग्रेसका फरमुल्लाह मंसुरले ६ हजार १ सय ९२ मत ल्याएका छन्।
बारा–४ मा पनि एमालेकै देवनारायण थारुले १२ हजार ८ सय ८० मत पाएका छन्। उनलाई पछ्याइरहेका राजपाका एकवाल मियाँले १२ हजार ४ सय ६४ मत ल्याएका छन्।