प्रतिनिधि सभाका १६५ मध्ये ५२ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। स्याङ्जाका २ र अर्घाखाँचीको १ बाहेक १ सय १० क्षेत्रमा मतगणना जारी छ। तीमध्ये अधिकांशमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन् भने १८ क्षेत्रमा मात्र कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।
एमालेले अहिलेसम्म २९ र माओवादी केन्द्रले १४ स्थान जितेका छन्।
एमालेका उम्मेदवारले अग्रता लिएका क्षेत्र यी हुन्
१ इलाम १: झलनाथ खनाल
२ इलाम २: सुवासचन्द्र नेम्वाङ
३ झापा २: पवित्रा निरौला खरेल
४ झापा ४: एलपी साँवा लिम्बू
५ झापा ५: केपी शर्मा ओली
६ तेह्रथुमः भवानीप्रसाद खापुङ
७ धनकुटाः राजेन्द्र राई
८ संखुवासभाः राजेन्द्र गौतम
९सुनसरी १: जयकुमार राई
१० सुनसरी ३ भगवती चौधरी
११ बारा ३: अदयानन्द पाण्डेय
१२ बारा ४: देवनारायण थारु
१३ सिरहा ३: लिलानाथ श्रेष्ठ
१४ काठमाडौं ५: इश्वर पोखरेल
१५काभ्रेपलाञ्चोक १: गंगाबहादुर तामाङ
१६ काभ्रेपलाञ्चोक २: गोकुलप्राद बाँकोटा
१७ चितवन १: सुरेन्द्र प्रसाद पाण्डे
१८ चितवन २: कृष्णभक्त पोखरेल
१९ नुवाकोट २: नारायण खतिवडा
२० भक्तपुर २: महेश बस्नेत
२१ मकवानपुर १: कृष्णप्रसाद दाहाल
२२ मकवानपुर २: विरोध खतिवडा
२३ सिन्धुली १: गणेशकुमार पहाडी
२४ कास्की १: खगराज अधिकारी
२५ कास्की ३: जगतबहादुर सुनार
२६ तनहुँ १: कृष्णकुमार श्रेष्ठ
२७ तनहुँ २: केदार सिग्देल
२८ पर्वत १: पदम गिरी
२९ कपिलवस्तु २: बृजेशकुमार गुप्ता
३० गुल्मी १: प्रदिपकुमार ज्ञवाली
३१ दाङ १: मेटमणि चौधरी
३२ दाङ ३: हिराचन्द्र केसी
३३ नवलपरासी १: हृदयेश त्रिपाठी
३४ पाल्पा १: दलबहादुर राना
३५ पाल्पा २: सोमप्रसाद पाण्डेय
३६ बर्दिया १: वामदेव गौतम
३७ बाँके २: नन्दलाल रोका क्षेत्री
३८ रुपन्देही १: छविलाल विश्वकर्मा
३९ रुपन्देही २: विष्णु पौडेल
४० रुपन्देही ३: घनश्याम भुसाल
४१ दैलेख २: राजबहादुर बुढा
४२ सुर्खेत १: ध्रुवकुमार शाही
४३ सुर्खेत २: नवराजरावत
४४ अछाम १: भीमबहादुर रावल
४५ अछाम २: यज्ञबहादुर बोगटी
४६ कञ्चनपुर २: नरबहादुर धामी
४७ कञ्चनपुर ३: दिपकप्रकाश भट्ट
४८ कैलाली २: झपटबहादुर रावल
४९ कैलाली ५: नारदमुनि राना
५० डोटी: प्रेमबहादुर आले