दाङको निर्वाचन क्षेत्र नं. १ (२)का नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्मा विजयी भएका छन्।
शनिबार साँझ प्राप्त मत परिणाम अनुसार वाम गठबन्धनका साझा उम्मेदवार शर्मालाई १९ हजार ३ सय ५४ मत प्राप्त गरि विजयी भएका हुन। उनका प्रतिपर्धी नेपाली कांग्रेसका जानकिलाल बस्नेतलाई १२ हजार ३ सय ५४ मत पाए।
शर्माले बस्नेत भन्दा ६ हजार ६ सय १ मत बढी प्राप्त गरी विजयी भएका हुन। यो सँगै दाङमा तीन जना नेकपा एमालेका नेताले प्रदेश सभाको निर्वाचन जितेका छन्।
यसअघि दाङको निर्वाचन क्षेत्र नं. २ को १ र २ मा क्रमश शंकर पोखरेल र अमरबहादुर डाँगी निर्वाचित भइसकेका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा अब ६ जनाको नतिजा सार्वजनिक हुन बाँकी छ।