काठमाडौं– ७ मा एमालेका रामवीर मानन्धर १८ हजार मत ल्याएर विजयी


काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका छन्। उनी १८१०२ मत ल्याएर विजयी भएका हुन्।

उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका छन्।

काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये यो एमालेको पाँचौं जित हो। यसअघि काठमाडौं २ मा माधवकुमार नेपाल, ३ मा कृष्ण राई, ८ मा जीवनराम श्रेष्ठ र ९ मा कृष्णगोपाल श्रेष्ठ विजयी भएका छ्न्।

अब काठमाडौंको ५ नम्बर क्षेत्रमा मात्र मतपरिणाम आउन बाँकी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.