नेपाली कांग्रेसले दुई नम्बर प्रदेशका ३२ क्षेत्रमध्ये ८ क्षेत्रमा अग्रता लिएको छ।
कांग्रेसका तेजुलाल चौधरीले सप्तरी-४ मा ५ हजार ९ सय ३८ मत ल्याएर अग्रता लिएका छन्। उनलाई पछ्याइरहेका राजपाका मृगेन्द्रकुमार सिंह यादवले ३ हजार ९ सय १४ मत ल्याएका छन्।
सिरहा-१ मा प्रदीप गिरीले ७ हजार ५४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमालेका गंगाप्रसाद यादवले ५ हजार ६ सय ३८ मत ल्याएका छन्।
सर्लाही–३ मा कांग्रेसका हरेशप्रसाद महतोले ३ हजार ५ सय ४० मत ल्याएका छन्। महतोभन्दा ११ मतले मात्रै पछि परेका बाम गठबन्धनका माओवादी उम्मेदवार रामेश्वर राय यादवले ३ हजार ५ सय २९ मत पाएका छन्।
सर्लाही–४ मा कांग्रेसका अमरेशकुमार सिंहले ४ हजार ५९ मत ल्याएका छन्। दोश्रोमा रहेका राजपाका राकेशकुमार मिश्रले ३ हजार ८ सय ६६ मत पाएका छन्।
रौतहट–२ मा कांग्रेसका मोहम्मद अफताब आलमले १३ हजार ५ सय ५४ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका किरणकुमार साहले ११ हजार ५ सय ९० मत ल्याएका छन्।
नेपाली कांग्रेसका उमाकान्त चौधरीले ९ हजार ८ सय ६८ मत ल्याएका छन्। एमाले उम्मेदवार अच्युतप्रसाद मैनालीको ९ हजार ८ सय ६१ मत छ।
पर्सा–२ मा अजयकुमार चौरसियाले ४ हजार ८ सय ५७ मत ल्याएका छन्। संघीय समाजवादी फोरमका विमलप्रसाद श्रीवास्तवले ४ हजार ८१ मत ल्याएका छन्।
पर्सा–३ मा कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले २ हजार ३ सय ६ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका संघीय समाजवादी फोरमका हरिनारायण प्रसाद रौनियारले २ हजार २ सय ९४ मत ल्याएका छन्।