समानुपातिक मतमा का‌ंग्रेसको अग्रता


प्रत्यक्ष निर्वाचनमा खराब नतिजा ल्याएको कांग्रेसले समानुपातिकतर्फ भने अग्रता लिएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ११ हजार ३ सय ६६ मत गणना भएकोमा कांग्रेसले ५ हजार १ सय ६३ मत ल्याएको छ ।

दोश्रोमा रहेको एमालेले ४ हजार ६ सय १३ मत पाएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले राखेको तथ्यांकमा माओवादी केन्द्रले १ हजार ४ सय ३४ मत पाएको छ।

नेपाली जनता दलले ३१ र नयाँ शक्ति पार्टीले ३६ मत पाएको छ।

अन्य दलले ८९ मत पाएको आयोगले जनाएको छ।

आयोगले कुन कुन ठाउको मत गणना  भएको खुलाएको छैन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.