जसले प्रतिष्पर्धीलाई ३० हजार बढी मतले हराए


दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट एमालेका उम्मेदवार पार्वत गुरुङ ३० हजार १५३ मतान्तरले विजयी भएका छन्।

गुरुङले ५५ हजार ९ सय ५४ मत पाएका छन् भने  उनका प्रतिष्पर्धी कांग्रेसका रुद्रबहादुर खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन्।

दोलखामा खसेको मतमध्ये ८२ हजार ४ सय ३८ मत सदर भएको थियो।

गुरुङ यो चुनावमा अहिलेस्म सबैभन्दा बढी  मतान्तरले विजयी हुने उम्मेदवार भएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.