दाङको प्रदेश सभामा शंकर पोखरेल भारी मतान्तरले विजयी


नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ (१)को प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम मत परिणामअनुसार पूर्वमन्त्रीसमेत रहेका पोखरेल प्रतिष्पर्धीभन्दा ९ हजार ५ सय २५ मत बढी प्राप्त गरी विजयी भएका छन्।

वाम गठवन्धनका उम्मेदवार पोखरेललाई २० हजार ६ सय ९४ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेलाई ११ हजार १ सय ६९ मत मात्रै प्राप्त भएको थियो।

निर्वाचन क्षेत्र नं. २ को (१)मा ५१ हजार ७ सय मतदाता रहेकोमा ३५ हजार ५ सय ४२ मत खसेको थियो। दाङबाट निर्वाचित हुने पोखरेल पहिलो वाम उम्मेदवार हुन। उनलाई वाम गठबन्धनले प्रदेश नं. ५ को मुख्य मन्त्रीको रूपमा निर्वाचनमा खडा गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.