अर्घाखाँचीमा रोकिएको मतदान भोलि हुने

फाइल तस्बिर।


अर्घाखाँचीको वडा नं ५ को सन्धिखर्कमा रोकिएको मतदान भोली शनिबार हुने भएको छ।

दोस्रो तहमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मंसिर २१ गते सन्धीखर्कमा भने मतदान हुन सकेको थिएन।

मतदान अधिकृतको हस्ताक्षर नगरी मतपत्र दिएको भन्दै अर्घाखाँचीको एक मतदान केन्द्रमा स्थानीयले तोडफोड गरेका थिए।

जिल्लाको सन्धिखर्क नगरपालिका वाड नं. ५ मथुरा माविको ख मतदान केन्द्रमा मतदान अधिकृत सुरेन्द्रराज अधिकारीले हस्ताक्षर बिनै मतपत्र दिएपछि बिवाद भएको थियो।

झडप भएपछि मतदान स्थलमा तोडफोड समेत भएको जानकारी दिँदै निर्वाचन आयोगले मतदान केही दिनको लागि स्थगित गरेको जानकारी दिएको थियो।

भोली म‌ंसिर २३ गते शनिबार मतदान हुने र सबै तयारी भएको निर्वाचन आयोगले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.