शेरबहादुर पछ्याउँदै राणा, सापकोटा धेरै अगाडि


हेविवेट भीडन्तका कारण चर्चामा रहेको सिन्धुपाल्चोकको प्रतिनिधि सभा तर्फको मतगणनाको प्रारम्भीक नतीजा आउने क्रम जारी छ। पछिल्लो नतीजा अनुसार सिन्धुपाल्चोक १ मा माओवादी केन्द्रका अग्नी सापकोटा धेरै मतले अगाडि छन् भने एमालेका शेरबहादुर तामाङलाई झिनो मतान्तरले राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले पछ्याइरहेका छन्।

प्रतिनिधि सभा १ मा १७ हजार ३१२ मत गनिसक्दा माओवादी केन्द्रका अग्निप्रसाद सापकोटाले १० हजार ४३३ मत प्राप्त गरेका छन् भने उनका प्रतिश्पर्थी नेपाली कांग्रेसका मोहन बहादुर बस्नेतले ६ हजार १६० मत ल्याएका छन्।

सो क्षेत्रमा १ हजार ३०२ मत भने बदर भएको छ। त्यस्तै प्रतिनिधि सभा २ मा १८ हजार ६६८ मत गन्दा भने एमालेका शेर बहादुर तामाङले आठ हजार ६४१ मत ल्याएका छन्। उनका प्रतिश्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणाले भने आठ हजार नौ मत प्राप्त गरी तामाङलाई पछ्याइरहेका छन्।

सिन्धुपाल्चोकको प्रारम्भीक नतीजामा शुरुशुरुमा राणाले अग्रता लिएको भए पनि त्यसपछि भने तामाङले अग्रता लिएका हुन्। बस्नेतले भने कुनै पनि प्रारम्भिक नतीजामा सापकोटालाई पछी पार्न सकेका छैनन्।

सिन्धुपाल्चोकमा बदर मतको संख्या भनि अधिक देखिन्छ। एकै मतपत्रमा ५ वटासम्म स्वस्तिक छाप लगाइएको पाइएको छ भने ल्याप्चे लगाउनेको संख्या धेरै छ । त्यस्तै दलहरुको मतदाता शिक्षामा कमीको कारण गोलाकार भित्रको हँसिया हथौडा र हँसिया तारा, गोलाकार भित्रको हँसिया हथौडा र आँखा चिन्हमा मत हालेको पनि भेटिएको छ। त्यस्तै गोलाकार भित्रको हलो र आयतकार भित्रको हलोमा पनि मत भेटीएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.