दाङमा मतगणना सुरू भएको छ। शुक्रबार बिहान साढे ८ बजेपछि निर्वाचन क्षेत्र न २ को मतगणना सुरु गरिएको छ। तीन स्थानमा मतगणना सुरु गरिएको छ।
एक स्थानमा प्रतिनिधिसभा र अन्य एक /एक स्थानमा प्रदेशसभा १ र २ को मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।
यो निर्वाचन क्षेत्रमा वाम गठवन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका पूर्वसांसद राजु खनालको बीचमा प्रतिपर्धा छ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ (१)मा वाम गठवन्धनका तर्फवाट एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेल र नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे चुनावी मैदानमा रहेका छन्।
त्यस्तै प्रदेशसभा २ मा माओवादी नेता अम्मरबहादुर डाँगी र नेपाली काँग्रेसका नेता भरतबहादुर न्यौपानेको बीचमा कडा प्रतिपर्धा हुने अनुमान गरिएको छ । निर्वाचन क्षेत्र नं. २ को मतगणना सुरु भएको छ भने क्षेत्र नं. ३ र १ को पनि अबको केहिबेरमै गणना सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत रावलले बताए । मत गणना स्थलमा उमेदवार र प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखको उपस्थिति छ ।