योगेश भट्टराई ४ हजार मतले अगाडि

योगेश भट्टराई ४ हजार मतले अगाडि


नेकपा एमालेका सचिव एवम् ताप्लेजुङका प्रतिनिधि सभा उम्मेदवार योगेश भट्टराईले ४ हजार भन्दा बढी मतले अग्रता लिएका छन् । भट्टराईले ११ हजार ३ सय ५८ मत ल्याएका छन् ।

नेपाली कांग्रेसका केशवराज दाहालले भने ७ हजार ३ सय ४३ मत पाएका छन् । ताप्लेजुङको प्रदेश सभामा पनि बाम गठबन्धन नै अगाडि छ । प्रदेश नम्बर १ मा एमालेका बल बहादुर साम्सोहाङ र प्रदेश नम्बर २ मा टंक आङवुहाङगले अग्रता लिएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.