हुम्लामा लियो कांग्रेसले अग्रता

हुम्लामा लियो कांग्रेसले अग्रता


हुम्लामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामालाई ४ सय भन्दा बढी मतले पछि पार्दै कांग्रेसका मङगलबहादुर शाहीले  प्रतिनिधिसभामा अग्रता लिएका हुन ।

शाहीले ६ हजार ६ सय ६५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार लामाले ६ हजार २ सय ५१ मत ल्याएका छन् । लामा बाम गठबन्धनका बागी उम्मेदवार हुन । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका छिमी दोर्ची लामाले २ हजार १ सय १८ मत ल्याएका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.