सिन्धुपाल्चोक–२ मा १५ हजार मत गन्दा विवेकशील साझालाई ३१, नयाँ शक्तिलाई ३० मत


सिन्धुपाल्चोक–२मा अहिलेसम्म १५३३२ मत गणना भएको छ।

मतगणनामा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका शेरबहादुर तामाङले ७६३१ मत पाएका छन् भने राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले ७१४१ मत ल्याएका छन्।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का चन्द्रदत्त खतिवडाले २७५ मत पाएका छन्।

त्यहाँ मालेका वीरबहादुर तामाङले २०१ मत पाएका छन् भने विवेकशील साझाका जयराम भण्डारीले ३१ मत पाएका छन्। त््यस्तै नयाँ शक्तिका बिष्णुप्रसाद चौंलागाईँले ३० मत पाएका छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.