जितेपछि मनाङेले भने- एमाले प्रवेशबारे सोचेको छैन


गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) ले जितपछि एमाले प्रवेश गर्नेबारे नसोचेको बताएका छन्।

जितपछि सेतोपाटीसँग कुरा गर्दै मनाङे ले भने, ‘रातभरको निद्राले थकित भएका छौं। एमाले प्रवेशबारे मैले केही सोचेको छैन।’

मनाङ प्रदेश सभा  खबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।

मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.