पाँचथरमा एमालेका नेम्वाङ हजार बढी मतले अगाडि


प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत पाँचथरमा मतगणना जारी छ। पछिल्लो मत परिणामअनुसार प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनले अग्रता लिइरहेको हो।

पछिल्लो परिणाम अनुसार ११ हजार ३ सय ३६ मत गणना हुँदा वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५३५९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले ४३२२ मत प्राप्त गरेका छन्। संघीय समाजवादी फोरमका प्रेमराज लावतीले २५४ मत प्राप्त गरेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.