प्रतिनिधि सभामा एमालेको दोस्रो जित

प्रतिनिधि सभामा एमालेको दोस्रो जित


मनाङ जिल्लाको अन्तिम चुनावी नतिजा सार्वजनिक भएको छ।

मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी भएका छन्। उनले २३०० मत पाए। पाल्देनले पूर्वमन्त्री टेकबहादुर गुरुङलाई २७९ मतले हराएका हुन्। गुरुङले २०२१ मत ल्याए।

प्रतिनिधि सभामा विजयी हुने पाल्देन एमालेका दोस्रो सांसद हुन्। यसअघि मुस्ताङबाट प्रेम तुलाचन विजयी भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.