बझाङमा ४० हजार मत गन्दा एमाले २ हजार मतले अगाडि, विवेकशील साझालाई १९६ मत

बझाङमा ४० हजार मत गन्दा एमाले २ हजार मतले अगाडि, विवेकशील साझालाई १९६ मत


बझाङमा प्रतिनिधि सभाका लागि लगभग ४० हजार मतगणना भइसकेको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार भीमबहादु थापाले १४०३० मत पाएका छन् भने कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंहले १२२१३ मत पाएका छन्। त्यहाँ विवेकशील साझाका उम्मेदवार मिनबहादुर सिंहले १९६ मत पाएका छन्।

प्रदेश क मा एमालेले ७११० मत पाएको छ भने कांग्रेसले ६७६९ मत पाएका छ भने विवेकशील साझाले ५० मत ल्याएको छ।

त्यस्तै प्रदेश खमा एमालेले ७८३३, कांग्रेसले ५९१७ र विवेकशील साझाले ६३ मत ल्याएको छ।

जिल्लामा ६६ हजार मत खसेको र शुक्रबार साँझसम्म अन्तिम परिणाम आउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.