प्रतिनिधिसभामा माओवादीले रुकुम पूर्वबाट खोल्यो विजयी खाता


जारी मतगणनामा नेकपा माओवादी केन्द्रले पनि प्रतिनिधि सभामा विजयी खाता खोलेको छ।

५ नम्बर प्रदेशमा पर्ने  रुकुम पूर्वबाट  प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन्। उनी १०४३४ मत ल्याएर विजयी भएकी हुन्। निर्वाचन अधिकृत दुर्गाबहादुर भुषालका अनुसार रोक्काले प्रतिष्पर्धी कांग्रेस उम्मदवारलाई ६ हजार मतान्तरले हराएकी हुन्। कांग्रेस उम्मेदवार हरिशंकर घर्तीले ४४०६ मत ल्याए।

भुषालले अब प्रदेश सभाको मत गणना सुरट्ठ गरिने जानकारी दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.