ललितपुर–२ मा ३ हजार मत गन्दा विवेकशील साझालाई ३५९ मत

ललितपुर–२ मा ३ हजार मत गन्दा विवेकशील साझालाई ३५९ मत


काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये ललितपुर–२ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले दिएको जानकारी अनुसार यो क्षेत्रको ३ हजार मत गन्दा एमाले उम्मेदवार कृष्णलाल महर्जनले १४५५ मत पाएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र महर्जनले ९५७ मत पाएका छन्।

त्यस्तै पहिलो पटक संसदीय चुनाव लडेको विवेकशील साझाका उम्मेदवार अमिरराज महर्जनले ३५९ मत ल्याएका छन्। ललितपुर महानगरको चुनावमा तत्कालीन साझा पार्टीका मेयर र उपमेयरले उल्लेख्य मत पाएका थिए।

५४ हजार भोट खसेको यो क्षेत्रको मतगणना जारी छ। प्रतिनिधि सभाको अन्तिम परिणाम आएपछि प्रदेश सभाको मतगणना गरिने निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.