लमजुङमा माओवादीका गुरुङ ३ सय मतले अगडि, एउटा प्रदेश सभामा कांग्रेस उम्मेदवार अघि


पहिलो चरणमा चुनाव भएको प्रदेश नम्बर ४ लमजुङमम मतगणना जारी छ। मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले दिएको जानकारी अनुसार त्यहाँ अहिले प्रतिनिधि सभाको ९ हजार ४ सय ५९ मत गणना भएको छ।

पछिल्लो मत परिणाममा माओवादीका देव गुरुङ झन्र्डैतीन सय मतले अगाडि छन्। गुरुङले ४५४२ मत पाएका छन् भने कांग्रेसका दिलबहादुर घर्तीले ४२५६ मत ल्याएका छन्।

प्रदेश सभा (क)मा का एमाले उम्मेदवारको २६३१ मत आएको छ भने कांग्रेसको २१६० मत छ। प्रदेश सभा (ख)मा भने कांग्रेसले अग्रता लिएको छ। त्यहाँ कांग्रेस उम्मेदवारले २४३९ मत ल्याएका छन् भने एमाले उम्मेदवारले २२७४ मत ल्याएका छन्। लमजुङमा ७७ हजार मत खसेको छ। मतगणना जारी छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.