प्रतिनिधि सभा पनि एमालेको विजयी सुरूवात, तुलाचन पहिलो निर्वाचित सांसद

प्रतिनिधि सभा पनि एमालेको विजयी सुरूवात, तुलाचन पहिलो निर्वाचित सांसद


एमालेका प्रेमप्रसाद तुलाचन मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार तुलाचनले ३५४४ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी रोमी गौचन थकालीले ३१८१ मत पाएका छन्। तुलाचन स‌ंघीय नेपालको पहिलो निर्वाचित  प्रतिनिधि सभा सदस्य हुन्।

प्रदेशसभामा पनि मुस्ताङबाट खाता खोलेको एमालेले प्रतिनिधिसभामा पनि विजयी हात पारेको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.