कालिकोटमा माओवादी मन्त्री महेन्द्रबहादुर शाही परे पछाडि

कालिकोटमा माओवादी मन्त्री महेन्द्रबहादुर शाही परे पछाडि


कालिकोट प्रदेश (क)मा वाम र (खमा) लोकतान्त्रिक गठबन्धनको अग्रता लिएको छ।  कालीकोटको प्रदेशसभाका निर्वाचन क्षेत्र ‘क’ बाट वाम गठबन्धनबाट कुर्मराज शाहीले १३२५ मत पाएका छन्। उनलाई पछ्याउदै लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका टेकराज शाहीले ३११ मत ल्याएका छन्।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार विना विभागीय मन्त्री महेन्द्रबहादुर शाही पछि परेका छन्।  लोकतान्त्रिक गठबन्धनका कालीबहादुर सहकारीले ६१३ मत पाएका छन् भने शाहील‍े ४५१ मत पाएका छन्। मतगणना जारी छ।

प्रतिनिधि सभामा भने माओवादीका दुर्गाबहादुर राउत अगाडि छन्। उनले १६६१ मत पाएका छन् कांग्रेस उम्मेदवार भुपेन्द्रजंग शाहीले १३३८ मत पाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.