महोत्तरीमा ६७ प्रतिशत भन्दा बढी मतदान, भोलि गणना हुने


दोस्रो चरणमा बिहिबार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा महोत्तरीमा ६७  दशमलव ५७ प्रतिशत मतदान भएको छ।

४ निर्वाचन क्षेत्र र ८ प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा ३ लाख १७ हजार ६ सय  ८९ मतदाता मध्ये २ लाख १४ हजार ६ सय ६९ मतदाताले मतदान गरेका जिल्ला मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल बताए ।

जिल्ला भरि शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको उनले बताए। उनले अब छिटो भन्दा छिटो मतपरिणाम दिन तयारीमा लागेको बताए। राति १२ बजे सम्म जिल्लाभरबाट मतपेटिका सदरमुकाम जलेश्वर ल्याईपुर्‍याउने योजना बनाएका उनले बताएश्र उनका अनुसार  शुक्रबार बिहान सर्वदलीय बैठक बसेर मतगणना हुनेछ।

४ प्रतिनिधिसभा सदस्यका ६९ तथा ८ प्रदेशसभा सदस्य पदका लागि १ सय ४४ समेत २ सय १३ उम्मेदवार चुनावी मैदानमा छन्।

विना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले  बर्दिवास नगरपालिकास्थित दुधेश्वर प्रावि मतदान केन्द्र क बाट  र राजपा नेता शरतसिंह भण्डारीले औरही श्री प्रसाद मावि मतदान केन्द्रबाट गरेका थिए। तर राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मतदान गरेनन्। हाँल उनी जलेश्वरमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.