देउवाले कांग्रेस भित्र्याए माओवादीका पोलिटव्यूरो सदस्य #NepalVotes #NepalElection2017 देउवाले कांग्रेस भित्र्याए माओवादीका पोलिटव्यूरो सदस्य

देउवाले कांग्रेस भित्र्याए माओवादीका पोलिटव्यूरो सदस्य


 

पोलिटव्युरो सदस्य तथा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार जगत पार्की सहित १५ सय  माओवादी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

डडेल्धुराको अलितालमा आयोजित कांग्रेसको चुनावी सभामा पार्की सहित माओवादी केन्द्रका पूर्व डडेल्धुरा इन्जार्च एवं केन्द्रीय सदस्यहरु जनक कलौनी, लक्ष्मि उप्रेती सहित १५ सय जना माओवादी कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

उनीहरुलाई टिका लगाएर कांग्रेसमा स्वागत गरेको देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

माओवादी केन्द्रले जनअधिकारलाई छोडेर एमालेसंग एकीकरण गर्ने निर्णय गरेकाले आफु कांग्रेस प्रवेश गरेको पार्कीले बताएका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.