प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालको मृत्युले मर्माहत भएको बताएका छन्।
आइतबार बिहान ट्विटमार्फत श्रद्धाञ्जली दिँदै देउवाले भने,‘ पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।’
https://twitter.com/PM_Nepal/status/932105197962149888