आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनले मुलुक तातेको छ। यसै सन्दर्भमा आफ्नो पार्टीलाई नै किन मतदान भन्ने विषयमा हामीले विभिन्न दलका शीर्ष नेताहरूलाई सोधेका थियौं, ७ मिनेट भित्र भन्नुहोस्- तपाईँको पार्टीलाई किन मत दिने? यस अन्तर्गत आज एमाले नेता घनश्याम भुसालको जवाफ -नेकपा एमालेलाई किन मतदान ?
हामीले जुन संविधान जारी गरेका छौं यो संविधानको कार्यन्वयन गर्ने मुद्दा सबै राजनीतिक पार्टीले कार्यान्वयन गर्ने मुद्दा हो। यो आजका दिनका लागि मात्र होइन्, आगामी धेरै दिनका लागि र धेरै समयका लागि सबै पार्टीको घोषणापत्र बन्नेछ।
संविधानमा जे लेखिएको छ त्यसलाई कार्यान्वयन गर्छु भन्ने मुद्दा अबका धेरै समयसम्म जारी रहनेछ। यस हिसाबले नेकपा एमालेको पनि आजको मुद्दा संविधान कार्यान्वयन नै हो। अथवा, नेकपा एमालेलाई किन भोट दिने भन्दा संविधान कार्यान्वयनका लागि भन्ने नै हो भन्ने हाम्रो दाबी छ।
यो सबैको मुद्दा हो, यो हाम्रो मात्र मुद्दा भन्ने छैन। यो अरू पार्टीको पनि हो। तर यो कार्यान्वयन कसरी गरिनेछ? भन्ने विषयमा हामी विवादित हुन सक्छौ। विभिन्न पार्टीहरु विवादित हुन सक्छन्।
त्यस हिसाबले हाम्रा केही प्राथमिकताहरू छन्, हाम्रा केही उद्धेश्यहरु छन्।
हामी के गर्न चाहँन्छौ भन्दा पहिलो कुरा लोकतन्त्रलाई सुदृढिकरण गर्न चाहन्छौ। लोकतन्त्रको विस्तार गर्न चाहन्छौ। यो मैले किन भन्दै छु भने हाम्रो लोकतन्त्रको इतिहास स्थिर रहेन्।
कहिले आयो कहिले गयो, फेरि आयो फेरि गयो। यसको स्थिरता कायम भएन्। यसको अश्लिलताले हामी धेरै पछाडि पर्यौ। यसले गर्दा लोकतान्त्रिक स्थिरता हाम्रो प्राथमिक मुद्दा हो। यद्यपी, हामीमाथि अधिनायकवादीको आरोप लागेको छ। यो प्रजातन्त्रवादीहरुले लोकतन्त्रवादीहरुले नभन्नुपर्ने मुद्दा हो।
त्यो पार्टीलाई यिनीहरुले अधिनायकवादिता ल्याउँदैछन्, उनीहरु अधिनायकवाद लाद्दैछन् भनेर दोषारोपण गर्नु उचाल्नु राम्रो होइन्। यसर्थ हाम्रो पहिलो कुरा लोकतन्त्रको स्थिरताकै कुरा हो। दोस्रो कुरा चाहिँ लोकतन्त्रको सुदृढिकरणको कुरा हो। दोस्रो कुरा सासकीय स्थिरताको कुरा हो। यो गएको ७० वर्षीय लोकतन्त्रको इतिहासमा हाम्रो मात्रै होइन्, लोकतन्त्रको मात्रै कुरा होइन्, राजाकै सरकार पनि पाचँ वर्ष पनि टिकेन्।
यो हाम्रो लोकतन्त्रको मात्रै होइन्, राष्ट्रिय समस्या हो। हामी यसलाई अन्त्य गर्न चाहँन्छौ। एउटा स्थिर, एउटा ५ वर्षको बहुमतको सरकार चलाएर दिन चाहन्छौ। हामी त्यसका लागि चुनावमा जादैँछौ, हामी त्यसका लागि चुनावमा जनतासँग भोट माग्दैछौ। तेस्रो कुरा सम्बृद्धिको कुरा हो।
हामी जुन ठाउँमा छौ, त्यसमा सम्बृद्धिको विकास गरेनौं भने त्यसमा टिक्न गाह्रो छ। मैले यो तिब्र आर्थिक विकास त्यसै भनेको होइन। आज चीनमा जे हुँदैछ, भारतमा जे हुँदैछ त्यसलाई हेरेर हामीले तिब्र आर्थिक विकास गर्नै पर्छ। यदि त्यसो गर्न सकिएन भने त्यहाँका प्रभावहरु, त्यहाँका सुरक्षा त्यहाँका राजनीतिक चासोँहरु, तिनीहरुका संवेदाशिलताहरु यति आकासिदै जानेछन्, तिनीहरुलाई हामीले देख्न सक्दैनौ।
त्यसले गर्दा हामीले तिब्र आर्थिक विकास गर्नैपर्ने छ। तर जोड्नै पर्ने कुरा छोड्नै नहुने कुरा आज हामीले तिब्र विकासको जुन कुरा गर्छौ, त्यतिखेर समानतामा आधारित कुरा हो भन्ने हामीले भुल्न हुँदैन। किनभने समानतामा नभएको विकास धेरै मुलुकमा असफल भयो। त्यसले झनझन ठूलाठूला संकटहरु ल्यायो। अझ, हाम्रो जस्तो राजनीति, हाम्रो जस्तो लोकतन्त्रिक आन्दोलनको इतिहास यी सबै भएको हाम्रो जस्तो संविधान भएको मुलुकमा हामी समानताका लागि आधारित भएनौं भने हामी भन्ने गरेको तिब्र विकास पनि राम्ररी अगाडि बढ्न सक्दैन्।
यो पनि हेर्नुहोस्यो हुनका लागि अर्को सर्त सुशासन नै हो। सुशासन भनेको ब्युरोकेसीमा छिटोछिटो काम गरिदियोस् भन्ने मात्र होइन्। कहिले काहिँ राजनीतिक पार्टीले कर्मचारीतन्त्रले छिटोछिटो काम गरिदियोस् जस्तै गर्छन्। तर त्यो मात्रै होइन्। सबभन्दा ठूलो कुरा भ्रष्टचार नै हो। अहिले करिब करिब राज्य भ्रष्टचारको माखे सांग्लोमा फसिसकेको छ। सबैजसो पार्टीको ठूलो संख्या नकमाएको राजनीतीमा बाँच्छ, राज्यको दोहन गरेर बाँच्छ। यसलाई मुक्त गर्न सकिएन भने पुलिस, प्रशासन, अदालतलाई मुक्त गर्न सकिदैन।
राज्यलाई भ्रष्टचार मुक्त गर्न छ भने त्यसको सर्त राजनीतिलाई भ्रष्टचार मुक्त बनाउनुपर्छ। त्यो पनि नेकपा एमालेको आजको मुद्दा हो।
यसैगरी राष्ट्रिय एकताको सुदृढिकरण। यो हिमाल, पहाड, तराई, सबै जातजाति भाषा क्षेत्रको राष्ट्रिय एकता हो। यसको सुदृढिकरण भनेको जनताको एकतालाई सुदृढी बनाउने हो। यो हरेक हिसाबले हाम्रा लागि जरुरी छ। यसो गर्नका लागि चाहिँ ति सबै जनतामा, ती सबै संविधानमा उल्लेख गरिएको रक्षा पहिले हो। त्यसको कार्यान्वयन पहिले कुरा हो।
दोस्रो कुरा अर्को पाटोमा छ। जस्तो मधेस आन्दोलन अथवा विभिन्न कुराहरु भए। अब भविष्यमा पनि अरु अरु कुराहरु देखिदै जालान्, अरू अरू कुराहरु हुँदै जालान्। संविधान संशोधन कै कुरा गर्ने हो भने पनि नेकपा एमाले बिना बामपन्थीहरुलाई अलग पारेर, अझ अहिलेको अवस्थामा भन्ने हो भने बामपन्थिलाई अलग गर्ने त्यो अवस्था छैन। यसैले संविधानमा नै भएका अधिकारहरु, संविधानमा भएका जातजातिहरु, संविधानमा भएका भाषा जात जाति क्षेत्रको अधिकारको कार्यान्वयन गर्नु, त्यसको रक्षा गर्नु पहिलो कुरा हो।
यदि अपुग छ भने त्यसलाई बढाउँदै जानु, संविधानको संशोधन आवश्यकता अनुसार गर्दै जानू, परिमार्जित गर्दै जानु पनि हाम्रो एजेन्डा हो। यसैले लोकतन्त्रको कुरा गर्दा खेरी त्यो लोकतन्त्रको सुदृढिकरणको कुरा हो।
आज हामी लोकतन्त्रको कुरा गर्दाखेरी नेकपा एमाले बिना बामपन्थिलाई अलग पारेर अझ अहिलेको लागि भन्ने हो भने बामपन्थिलाई अलग गरेर त्यो सम्भव छैन्। यसले गर्दा भएकै अधिकारहरु संविधानमा सबै जात जाति भाषा क्षेत्रको, वर्गका जनताको अधिकारको कार्यान्वयन गर्नु, भएका अधिकारको रक्षा गर्नु पहिलो कुरा हो।
यदि अपुग छन् भने त्यसलाई अझैँ बढाउँदै जानु, संविधानलाई आवस्यक संशोधन अनुसार गर्दै जानु, परिमार्जित गर्दै जानु पनि हाम्रा एजेन्डाहरु हुन्।
यसरी नेकपा एमालेको कुरा गर्दा लोकतन्त्रको सुदृढिकरणको कुरा हो। आज हामी लोकतन्त्रको कुरा गर्दा संविधानको सुदृढिकरणको कुरा हुन्छ। लोकतन्त्रको सुदृढिकरण भनेको आज हामीले सुसासन कायम गर्ने हो, सम्बृद्धितर्फ अघि जानु हो, राष्ट्रिय एकतालाई अझैँ सुदृढ पार्नु हो र सांसकिय स्थिरता कायम गर्नु हो। यसो गरेर मात्रै हामी अगाडि जान सक्छौ।
यसका लागि नेकपा एमालेलाई भोट दिने हो। यसका लागि नेकपा एमालेले दावी पनि गरेको छ।
हेर्नुहोस् भिडियोमाhttps://youtu.be/2Pw8DcBi5bg