काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई समानुपातिकमा राख्ने की झापा क्षेत्र नं. ३ चुनाव लड्न दिने भन्ने बारेमा नेपाली काँग्रेस सहितको लोकतान्त्रिक गठबन्धनको बैठकले वोर्डका सदस्य मिनेन्द्र रिजाललाई अख्तियारी दिएको छ।
काठमाडौंमा जारी लोकतान्त्रिक गठबन्धनको बैठकमा नेता सिटौलाले आफू निर्वाचन लड्न पाउनु पर्ने दाबी गरेको बैठकमा सहभागी एक नेताले बताए । यता राप्रपाले झापा निर्वाचन क्षेत्र नम्बर ३ मा आफूलाई सहयोग गर्न काँग्रेसलाई आग्रह गरिरहेको छ ।
यस विषयमा राप्रपासँग छलफल गर्न काँग्रेस सभापति शेरबहादुर देउवाले बोर्डका सदस्य डा मिनेन्द्र रिजाललाई जिम्मा दिएका छन्। सभापति देउवाले राप्रपालाई झापा सघाउने गरी सहमती गर्न निर्देशन दिएको बैठकमा सहभागी अर्का एक नेताले जानकारी दिएका छन् ।
नेता रिजालले आज विभिन्न चरणमा राप्रपाका नेताहरूसँग छलफल गर्ने तयारी गरेका बताइएको छ।
यो पनि पढ्नुहोस्;
घर बनाउँदै हुनुहुन्छ, होसियार: कामपा अनुगमनमा आउँदैछझापा ३ मा लिङदेन र सिटौलामध्ये कसले पाउँलान् टिकट?अन्यौलता कायमै