आजका तस्बिर- पुस ८
आजका तस्बिर- पुस ८
कुहिरोले ढाकिएको दाङ उपत्यका ।  दाङको घोराही उपमहानगरपालिका-१८ स्थित घोरदौराबाट मंगलबार बिहान देखिएको कुहिरोले ढाकेको दाङ उपत्यका र सदरमुकाम घोराही बजार। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- पुस ८
बाख्रा गोठ र तिलिचो हिमशृङ्खला ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँ नजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँ सहितको तिलिचो हिमशृङ्खला। यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरू राख्ने गर्दछन्। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस ८
रूप्से झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रूप्से झरना। बेनी–जोमसोम–कोरला सडकमा पर्ने यो झरना पर्यटकहरूको आकर्षण बन्ने गरेको छ। तस्बिर: कमल खत्री/रासस
आजका तस्बिर- पुस ८
झोलुङ्गे पुल र हिमश्रृङ्खला ।  मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कालीगण्डकी नदीमा नवनिर्मित ५ सय ७२ मिटर लामो झोलुङ्गे पुल र पृष्ठभूमिमा देखिएको धौलागिरि र मानापाथी हिमालसहित आसपासका क्षेत्र। तस्बिर: सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- पुस ८
गुल्मीको बुढाथोक गाउँ ।  गुल्मीको मुसिकोटको दरबार क्षेत्रबाट देखिएको मुसिकोट नगरपालिका-२ स्थित बुढाथोक गाउँ र आसपासको क्षेत्र। तस्बिर: जनार्दन घिमिरे/रासस
प्रतिक्रिया दिनुहोस्