आजका तस्बिर- पुस ६
आजका तस्बिर- पुस ६
हिमश्रृङ्खला ।  गोरखा जिल्लाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीयस्थल गोरखकाली मन्दिर परिसरबाट देखिएको आसपासको क्षेत्र र हिमश्रृङ्खला।‌ तस्बिर: चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर- पुस ६
बन्दीपुरबाट देखिएको कुहिरो र हिमशृङ्खला ।  पर्यटकीय नगरी पहाडकी रानी तनहुँको बन्दीपुरसँगै कुहिरोले छोपिएको मर्स्याङ्दी उपत्यकामा पर्ने तनहुँ, लमजुङ र गोरखाका भूभागहरू र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण, लमजुङ, मनास्लु हिमचुली र बौद्ध हिमाल लगायत हिमश्रृङ्खला। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- पुस ६
कुहिरोले ढाकिएको विदुर र पृष्ठभूमिमा हिमश्रृङ्खला ।  नुवाकोटको बेलकोटगढी–९ बाघखोरबाट आइतबार बिहान देखिएको कुहिरोले ढाकिएको जिल्ला सदरमुकाम विदुर सहित आसपासको क्षेत्र र पृष्ठभूमिमा लाङटाङ र गणेश हिमाल। तस्बिर: रामहरि न्यौपाने/रासस
आजका तस्बिर- पुस ६
नेत्रगुफा ।  अछाम जिल्लाको साफेँबगर नगरपालिका-१२ स्थित धार्मिक एवम् पर्यटकीयस्थल नैनीमा अवस्थित नेत्र गुफा। भगवान् शिवले सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खसेको धार्मिक किंवदन्ती रहेको छ। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- पुस ६
हिउँमा चरिरहेको याक ।  मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर नजिकै सेताम्मे हिउँमा चरिरहेको याक र पृष्ठभूमिमा हिमशृङ्खला। तस्बिर: सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस्