आजका तस्बिर- पुस २
आजका तस्बिर- पुस २
ताया रुङरी खिम उद्यान ।  पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा स्थापित किराँत-राई समुदायको धार्मिक,साँस्कृतिक पहिचानका विषयहरूबारे जानकारी दिने ताया रुङरी खिम उद्यान। ‘ज्ञान र शक्ति प्राप्त गर्ने घर’ अर्थ लाग्ने यस उद्यानमा किराँत-राई समुदायको परम्परामा रहेको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने वस्तुहरूको प्रतिमा, वनस्पतिका बिरूवा लगायत सामग्री रहेका छन्। तस्बिर : रवीन्द्र काफ्ले/रासस
आजका तस्बिर- पुस २
साकेला थान ।  पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा स्थापित किराँत-राई समुदायको धार्मिक,साँस्कृतिक पहिचानका विषयहरूबारे जानकारी दिने ताया रुङरी खिम उद्यानमा निर्माण गरिएको साकेला थान। यो उद्यान किराँत-राई समुदायको संस्कृति र परम्पराबारे अध्ययन गर्न मिल्ने आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ। तस्बिर: रवीन्द्र काफ्ले/रासस
आजका तस्बिर- पुस २
राष्ट्रिय निकुञ्जको बाबा तालमा गैँडा ।  कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको बाबा तालमा देखिएको गैँडा। तस्बिरः शेरबहादुर सिंह/रासस
आजका तस्बिर- पुस २
राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा बाह्रसिंगा ।  कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा देखिएका बाह्रसिंगा। तस्बिरः शेरबहादुर सिंह/रासस
आजका तस्बिर- पुस २
नेपालगञ्जमा निर्माणाधीन अत्यधुनिक टर्मिनल भवन ।  नेपालगञ्ज विमानस्थलमा पाँच हजार ७५ स्क्वायर मिटरको क्षेत्रफलमा निर्माणाधीन अत्याधुनिक ‘टर्मिनल’ भवन। जस्ले ‘पिकआवर’ मा प्रतिघण्टा एक हजार छ सय यात्रुलाई सेवा दिनेछ। दुई अर्ब ९८ करोडको कुल लागतमा निर्माण भइरहेको उक्त टर्मिनल भवनभित्र यात्रु जाँच काउन्टर १४ वटा, भिआइपी कक्ष तीन, बच्चाका लागि खेल्ने क्षेत्र एक, भन्सार र क्वारेन्टिइन चेकजाँचका लागि अलगअलग कक्ष निर्माण गरिएका छन्। तस्बिरः रूपनी जिएम/रासस
प्रतिक्रिया दिनुहोस्