मैना चराको बथान । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित किसानको खेतमा आहारा खोज्न आएका मैना चराको बथान। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/ रासस
पार्दीबाट देखिएको सेती नदी र अन्नपूर्ण । पोखरा महानगरपालिका–१७ पार्दीबाट देखिएको सेती नदी र अन्नपूर्ण हिमश्रृङ्खला। तस्बिरः युनिश गुरूङ/ रासस
सुन्तला बोक्दै भरिया । तनहुँको बन्दीपुर गाउँपालिका-४, रिपमा टिपिएको सुन्तला बजारीकरणका लागि सिलथोकस्थित सडकमा बोकेर ल्याँउदै स्थानीय कामदार। सुन्तला बगैंचाबाट सडकसम्म ल्याँउदा दैनिक १५ सय देखि दुई हजारसम्म कमाउने गरेका छन्। तस्बिर: सागर गिरी/ रासस
तोरीबारी पहेँलपुर परिणत । कैलालीको गौरीगङ्गा नगरपालिका–८ मा किसानले लगाएको तोरीबारीमा फूल फुलेर पहेँलपुरमा परिणत। तस्बिरः इन्द्राकुमारी केसी/ रासस