आजका तस्बिर- मंसिर १९
आजका तस्बिर- मंसिर १९
कृत्रिम जलाशय ।  दाङको तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारीमा निर्माण गरिएको कृत्रिम जलाशय। बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले निर्माण गरेको यो जलाशय अझै पनि प्रयोगमा आएको छैन। तस्बिरः दीपक बोहरा/रासस
आजका तस्बिर- मंसिर १९
कालीगण्डकी नदी ।  मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदी र पृष्ठभूमिमा आसपासका पहाड। तस्बिरः सुन्दरकुमार थकाली/रासस
आजका तस्बिर- मंसिर १९
कर्रा सावँरी चरा ।  शुक्लाफाँटा राष्ट्रिज निकुञ्ज नजिकै मध्यवर्ती क्षेत्रमा पर्ने रानीपुरमा आकाशमा बिहीबार बिहान उड्दै गरेको कर्रा सावँरी चरा। नदी बगर, ताल, खेतबारी र चौरमा चर्न मन पराउने यो चरा तराई तथा भित्री मधेस क्षेत्रमा पाइन्छ। तस्बिर: राजेन्द्रप्रसाद पनेरू/रासस
आजका तस्बिर- मंसिर १९
मुकुन्देश्वरी पदमार्ग ।  ‘पहाडकी रानी’ तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरदेखि चुलीडाँडासम्म चीनको ‘ग्रेटवाल’को झल्को दिनेगरी निर्माण गरिएको मुकुन्देश्वरी पदमार्ग । यस पदमार्ग बन्दीपुर आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ। आगामी दिनमा यस पदमार्गलाई पृष्ठभूमिमा देखिएको मुकुन्देश्वरी डाँडास्थित गढीसम्म जोड्ने गाउँपालिकाको योजना रहेको छ। तस्बिरः सागर गिरी/रासस
आजका तस्बिर- मंसिर १९
घुम्ती सडक ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने ताल देखि पिप्ले जोड्ने उकालोमा निर्माण भएको घुम्ती सडक। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको पहुँचमार्गमा पर्ने यो सडकले रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट सहितका बस्तीहरूलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्