गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल । गण्डकी र लुम्बिनी प्रदेश जोड्ने तनहुँको घिरिङ गाउँपालिका–१ र रामपुर नगरपालिका–१ स्याउली बजारस्थित कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुल। पुल निर्माण भएसँगै तनहुँ र पाल्पासहित दुवै प्रदेशका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ। तस्बिरः सागर गिरी/रासस
जिङ्गले तालमा जल हाँस । अछाम जिल्लाको रामारोशन गाउँपालिकाको पर्यटकीय स्थल रामारोशनस्थित जिङ्गले तालमा पौडिँदै गरेका जल हाँस। तस्बिर: सुशील भण्डारी/रासस
मुस्ताङको नेचुङ भन्सार कार्यालय । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार कार्यालय र पृष्ठभूमिमा सेताम्मे हिमशृङ्खला। गत हप्ता परेको हिमपात अझै पग्लिएको छैन। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रधानमन्त्री कार्की । प्रधानमन्त्री सुशीला कार्की आज पशुपतिनाथ मन्दिरमा दर्शन गरेर फर्किँदै। तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस