धान बालीमा विषादी छर्दै किसान । पाक्ने बेलाको धानमा फड्के कीराको प्रकोप बढेपछि सुनसरीको इनरुवा नगरपालिका-९ स्थित धानबालीमा विषादी छर्दै किसान। तस्बिर: नवीन गड्तौला/रासस
कार्तिक स्नान गर्नेको घुइँचो । कार्तिक पूर्णिमाको अवसरमा धनुषाको जनकनन्दिनी गाउँपालिका–१ स्थित कमला नदीको इनर्वा घाटमा बुधबार कार्तिक स्नान गर्न आएका भक्तजनहरूको घुइँचो। तस्बिरः अमरेन्द्रकुमार यादव / रासस
अछामको बाटुलासैन गाउँ । अछामको रामारोशन गाउँपालिका-४ स्थित बाटुलासैन गाउँ। यो गाउँमा रहेका अधिकांश घरहरू परम्परागत कलात्मक शैलीका छन्। तस्बिर : सुशील भण्डारी / रासस
हुस्सुले ढाकेको वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ स्थित लादेबाट देखिएको हुस्सुले ढाकेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भ्याली। तस्बिरः सुरेश आचार्य/रासस