पहिरो पीडितको अस्थायी आवास । ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ साँघुमा पहिरो पीडित परिवार बस्दै आएको अस्थायी आवास। वि.सं २०८० साल असारको पहिलो सातामा भीषण वर्षासँगै गएको पहिरोका कारण विस्थापित साँघु ओदक बस्तीका ६५ मध्ये ६२ परिवार अझै अस्थायी आवासमै बसोबास गर्दै आएका छन्। तस्बिरः दिलकुमार लिम्बू/रासस
खच्चरमा खाद्य सामग्री ढुवानी । हिमाली जिल्ला रसुवाको लाङटाङ पदमार्गमा खच्चरमा खाद्य सामग्री ढुवानी गरिँदै। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
जोखिमपूर्ण यात्रा । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरूवारीको पहिरो पार गर्दै सवारी साधनहरू। सिरूवारीको साँघुरो सडकमा सवारी साधनको जाम हुने, दुर्घटनाको जोखिम र पहिरो खसेर सडक अवरूद्ध हुने समस्या छ। तस्बिर: सन्तोष गौतम/रासस
सूर्योदय । दाङको घोराही उपमहानगरपालिका-१५ स्थित न्यूरोडबाट सोमबार देखिएको उदाउँदै गरेको सूर्य। तस्बिर: कुलदीप न्यौपाने /रासस
धरहरा र आसपासको क्षेत्र । काठमाडौंको सुन्धारास्थित धरहरालगायत आसपास क्षेत्रको ड्रोनबाट खिचिएको दृश्य। तस्बिर: गोपाल दाहाल/रासस