सिंहदरबारभित्रका क्षतिग्रस्त सवारी साधन थालियो व्यवस्थापन गर्न । सिंहदरबारभित्र तोडफोड र आगजनी गरिएका सवारी साधनहरू नयाँ बानेश्वरस्थित संसद भवनमा लगेर व्यवस्थापन भइरहेको छ। अहिले धमाधम सिंहदरबार परिसरमा अलपत्र अवस्थामा रहेका भग्न सवारी साधन व्यवस्थापन भइरहेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गुल्मीको भार्सेगाउँ । गुल्मीको सत्यवती गाउँपालिका-८ स्थित पर्यटकीय क्षेत्रको रूपमा परिचित जनजातिहरूको बसोबास रहेको रमणीय भार्सेगाउँ। तस्बिर: जनार्दन घिमिरे/रासस
प्रधानमन्त्री कार्कीलाई स्वागत । प्रधानमन्त्री सुशीला कार्कीलाई ‘संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२’ का अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा स्वागत गर्दै गृह सचिव गोकर्णमणि दुवाडी। तस्बिरः रत्न श्रेष्ठ/रासस
भेडाच्याङ्ग्रा । दसैँ, तिहार पर्वका लागि बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा । मुस्ताङबाट बेनी–जोमसोम सडक भएर म्याग्दीको बैसरीमा ल्याइएका भेडाच्याङ्ग्रा ट्रक र कन्टेनरमा राखेर पोखरा, काठमाडौँलगायत ठूला सहरमा ढुवानी गर्न थालिएको छ। तस्बिरः सन्तोष गौतम/ रासस