आजका तस्बिर- असोज १
आजका तस्बिर- असोज १
जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन ।  भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा मौन सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ। बुधबार राष्ट्रिय शोक दिवस- २०८२ का अवसरमा जेनजी मुभमेन्ट अलायन्सले काठमाडौंको माइतीघर मण्डलमा मौन सभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो। तस्बिर: न्युज एजेन्सी नेपाल
आजका तस्बिर- असोज १
चंगा उडाइँदै ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ मगरगाउँ माथिको चौरमा बधुवार चङ्गा उडाउँदै बालकहरू। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिर- असोज १
कीर्तिपुरबाट देखिएको धरहरालगायत क्षेत्र ।  काठमाडौंको कीर्तिपुरबाट बुधबार देखिएको धरहरालगायत आसपासको बस्ती। तस्बिर : हरिराम भेटुवाल / रासस
आजका तस्बिर- असोज १
बसपार्कमा सवारी साधनमा पूजा गरिँदै ।  काठमाडौँको गोंगबु नयाँ बसपार्कमा विश्वकर्मा पूजाको दिन बुधबार सवारी साधनमा पूजा गर्दै बसका चालक, सहचालक सवारीधनी लगायत।आजका दिन विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।तस्बिर : हरिराम भेटुवाल/रासस
आजका तस्बिर- असोज १
कागखोलामा साँघो ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित कागखोलामा साँघो। यहाँको कागखोला बस्तीको वारिपारिका मानिसलाई आवतजावत गर्न स्थानीय बासिन्दाले साँघो निर्माण गरिएको हो। तस्बिरः सुन्दरकुमार थकाली/रासस
प्रतिक्रिया दिनुहोस्