धानबाली । लमजुङको मध्यनेपाल नगरपालिका वडा नं ६ को भोर्लेबेँसी र पिस्तीखोला आसपासको जमिनमा देखिएको हरियाली धानबाली। तस्बिरः देवेन्द्र गुरूङ/ रासस
पूजासामग्री किनमेल । दाङको घोराही उपमहानगरपालिका–१४ स्थित दामोदरचोकमा भोलिको विश्वकर्मा पूजाका लागि पूजासामग्री किन्दै सर्वसाधारण। तस्बिर: कुलदीप न्यौपाने/ रासस
मूर्तिमा कला भर्दै कालिगढ । सुनसरीको इनरूवा नगरपालिका-१ मा मंगलबार विश्वकर्मा बाबाको मूर्तिमा कला भर्दै कालिगढ। तस्बिर: नवीन गड्तौला/ रासस
धानको दाना खाँदै भँगेरा । कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीस्थित खेतमा धानको बालाबाट धानको दाना खाँदै गरेको भँगेरा। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
परम्परागत शैलीमा मकै भण्डारण । तनहुँको व्यास नगरपालिका-१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे)मा थाँक्रामा भण्डारण गरिएको मकै। तस्बिर: मिला दरै/ रासस