आजका तस्बिर- भदौ २२
आजका तस्बिर- भदौ २२
जुट केलाउँदै किसान ।  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ स्थित हुलाकी सडक किनारमा जुट केलाउँदै किसान। तस्बिर: नवीन गड्तौला/ रासस
आजका तस्बिर- भदौ २२
करम पूजामा पदयात्रा ।  आदिवासी उराँव समुदायको पर्व करम पूर्वसन्ध्या तथा करम पूजा कार्यक्रमका अवसरमा सुनसरीको इनरूवामा आइतबार निकालिएको पदयात्रा। तस्बिरः नवीन गड्तौला/ रासस
आजका तस्बिर- भदौ २२
मादी नदीको पुल र आसपासको दृश्य ।  लमजुङको मध्यनेपाल नगरपालिका-५ स्थित आमडाँडाबाट देखिएको मध्यनेपाल नगरपालिका-६ भोर्लेटार र कास्कीको रूपा गाउँपालिका-१ पुलचोक जोड्ने मादी नदीको पुल र आसपासको दृश्य। तस्बिर : देवेन्द्र गुरूङ/ रासस
आजका तस्बिर- भदौ २२
मनमैजुको नासलथानमा येँया पुन्हिको समयबजी ।  काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित नासलथानमा येँया पुन्हि दिन नेवाः समुदायले बनाएको समयबजी। तस्बिरः हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- भदौ २२
तनहुँको भादगाउँ ।  तनहुँको सदरमुकाम दमौलीबाट पूर्वतर्फ देखिएको व्यास नगरपालिका-१, भादगाउँ र आसपासको क्षेत्र। तस्बिरः सागर गिरी/ रासस
प्रतिक्रिया दिनुहोस्