आजका तस्बिर- भदौ २०
आजका तस्बिर- भदौ २०
मानुङकोटको डाँडा ।  तनहुँको व्यास नगरपालिका–५ मानुङकोटको डाँडा। दृश्यावलोकनका लागि यस ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- भदौ २०
पञ्चकन्या झरना ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं १२ खारखोलास्थित पञ्चकन्या झरना। महाभारत लेकबाट कञ्चन र चिसो पानी बग्ने यो झरनामा मनोरञ्जन लिन आउने ठाउँमा गत वर्षको असोजको दोस्रो साता भएको अविरल वर्षाका कारण आएको बाढीले सिँढी र पोखरीको संचरना बगाएपछि सजिलै यहाँ पुग्न समस्या भएको छ। तस्बिरः पेमा लामा/रासस
आजका तस्बिर- भदौ २०
निलगिरि र तिलिचो हिमाल ।  मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ खोला पुलबाट शुक्रबार बिहान देखिएको निलगिरि र तिलिचो हिमाललगायत आसपासको क्षेत्र। साउनसम्म कालापत्थर झैँ देखिएको यी हिमालहरू भदौको दोस्रो सातादेखि सेताम्मे हिउँले ढाकिन सुरू भएको छ। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- भदौ २०
म्याग्दीको ओखरबोट गाउँ ।  पहाडको फेदी र भिराखो पाखोमा परम्परागत ढुङ्गेघरहरू रहेको म्याग्दीको मालिका गाउँपालिका–४ मा पर्ने ओखरबोट गाउँ। मगर र दलित समुदायको बसोबास रहेको ओखरबोट गाउँ नजिकै तामाखानी छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- भदौ २०
सनपाट छुट्याउँदै कृषक ।  पूर्व–पश्चिम राजमार्गमा पर्ने सुनसरीको भन्टाबारी नजिक तिन कोनवा पोखरी किनारमा सनपाट छुट्याउँदै कृषक। सनपाट खेतीबाट राम्रो आम्दानी हुने यहाँका स्थानीय बताउँछन्। तस्बिरः अरूणकुमार यादव/रासस
प्रतिक्रिया दिनुहोस्