मनाङको ताल गाउँ । ५८ घरधुरी रहेको मनाङको नासों गाउँपालिका- १ तालगाउँ। एक घर, एक होटल रहेको यस गाउँमा बसोबास गरेका नागरिकको प्रमुख पेसा भनेको पर्यटन व्यवसाय हो। तस्बिरः नवीन लामिछाने/रासस
ढुङ्गेधारा । ललितपुरको पाटनमा रहेको ऐतिहासिक ढुङ्गेधारा (मंग हिति)। यस धारामा निरन्तर मूलको पानी आइरहेको हुन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
स्काइ साइक्लिङ । गुल्मीको मदाने गाउँपालिकाले वडा नं ७ रोल्माको तिखेचुलीमा निर्माण गरेको स्काइ साइक्लिङमा मनोरञ्जन लिॅदै स्थानीय । गाउॅपालिकाले रु ७४ लाखभन्दा बढीको लागतमा यस क्षेत्रमा जिपलाइन र स्काइ साइक्लिङ सञ्चालनमा ल्याएको छ । तस्बिरः जनार्दन घिमिरे/रासस
सहयोगस्वरूप प्रदान गरिएको स्काई ट्रक । अमेरिकी सरकारको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान गरिएको स्काई ट्रक । दुईवटा ती स्काइ ट्रक विपत् र उद्धारका क्रममा सेवा दिन र एयर एम्बुलेन्सको रूपमा प्रयोग हुनेछ । तस्बिरः रत्न श्रेष्ठ/रासस
देउडा खेल्न परम्परागत पहिरनमा सजिएका महिला । गौरा पर्वका अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित सिद्धनाथ मन्दिर विकास समितिले आयोजना गरेको महिला देउडा प्रतियोगितामा परम्परागत पहिरनमा सजिएर देउडा खेल्दै महिला । गौरा पर्वका अवसरमा यहाँका विभिन्न स्थानमा देउडा प्रतियोगिता राखिएको छ । तस्बिरः महादेव अवस्थी/रासस