झोलुङ्गे पुल । मुस्ताङको थासाङ गाउँपालिका-२ स्थित कालीगण्डकी नदीमा निर्माण गरिएको झोलुङ्गे पुल। ५७२ मिटर लामो यो पुल निर्माण भएपछि वडा नम्बर २ का आधा दर्जनभन्दा बढी गाउँका स्थानीय लाभान्वित भएका छन्। तस्बिर : सुशीलबाबु थकाली /रासस
पाटन दरबारको ऐतिहासिक घन्ट । विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा रहेको मल्लकालीन समयमा निर्माण गरिएको ऐतिहासिक घन्ट । वि.सं. २०७२ को भूकम्पले क्षति गरेपछि घन्टको कम्पनका कारण खम्बा ढल्न सक्ने जोखिमका कारण पछिल्ला केही वर्षदेखि घन्ट बजाउन बन्देज गरिएको छ । तस्बिर: हरि परियार / रासस
बानेश्वरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन । निजी विद्यालय सञ्चालकहरूले बानेश्वरमा प्रदर्शन गरेका छन्। शुक्रबार माइतीघरमा जम्मा भएका आन्दोलनरत निजी विद्यालय सञ्चालकहरू त्यहाँबाट र्यालीसहित बानेश्वर पुगेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
माछालाई चारो दिँदै कृषक । व्यावसायिक रूपमा माछापालन गरेका कैलारी गाउँपालिका-५ गोबरेलाका कृषक सनोज चौधरी पोखरीका माछालाई चारो दिँदै । सिजनमा रु १३ लाख बराबरको माछाको कारोबार हुने गरेको कृषक चौधरीको भनाई छ । तस्बिरः तिलकराज ओझा/रासस
तरकारी खेतीमा विषादी छर्किँदै । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा व्यावसायिक रूपमा गरिएको तरकारी खेतीमा विषादी छर्किँदै। तस्बिर : कुलदीप न्यौपाने/रासस