आजका तस्बिर-साउन २६
आजका तस्बिर-साउन २६
केञ्जो फूल (पदमचाल) ।  समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा धरहरा जस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल (पदमचाल)। यो एक प्रकारको जडिबुडी पनि हो। तस्बिरः दिलकुमार लिम्बू/रासस
आजका तस्बिर-साउन २६
रोपाइँ जात्रा ।  दाङको घोराही बजारमा सोमबार नेवार सेवा समाज घोराहीको आयोजनामा निकालिएको रोपाइँ जात्रामा सहभागी नेवार समुदाय। मल्लकालदेखि गाईजात्राको भोलिपल्ट मनाउँदै आएको यो परम्परागत रोपाइँ जात्रामा बाजागाजाको तालमा रोपाइँ गरेको अभिनयसहित सांस्कृतिक झाँकी प्रदर्शन गर्ने चलन रहिआएको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर-साउन २६
देवघाटमा भक्तजन ।  चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा साउनको अन्तिम सोमबार नदीमा स्नान तथा शिव आराधना गर्न आएका भक्तजनहरू । आज बिहानैदेखि देवघाटस्थित त्रिशूली र कालिगण्डकी नदीको सङ्गमस्थलमा स्नान गर्ने, पूजा गर्ने र शिव मन्दिरमा जल चढाउने श्रद्धालुको घुइँचो लागेको छ। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर-साउन २६
धानखेतमा झार मार्ने विषादी ।  सुनसरीको इनरुवा नगरपालिका-९ मा धानखेतमा झार मार्ने विषादी छर्कँदै किसान। धान रोपेको २०-२२ दिनमा झार मार्ने विषादी छरेपछि धान गोड्नु नपर्ने किसान बताउँछन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर-साउन २६
खयरथान र बराह शिखर हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको धार्मिकस्थल खयरथान र शिरमा रहेको बराह शिखर हिमालको चुचुरो। समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको खयरथान र खयरभारानी (खयरबाराही) ताल धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्