आजका तस्बिर- साउन २५
आजका तस्बिर- साउन २५
हरियाली धान फाँट ।  धनुषाको लक्ष्मीनिया गाउँपालिका ५ मा अवस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र, हर्दिनाथ आसपासको क्षेत्रमा हरियाली देखिएको धान खेतको फाँट। तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
आजका तस्बिर- साउन २५
बाघझोडा सिमसार ।  मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा अवस्थित बाघझोडा सिमसार।यहाँ सिजनको समयमा वनभोज खाने, विविध कार्यक्रम गर्ने तथा रमाइलो मानेर घुमफिर गरी फोटो खिच्नेहरूको चहलपहल हिजोआज बढेको छ। तस्बिर: मणिराम दाहाल/ रासस
आजका तस्बिर- साउन २५
सडकमा व्यवस्थित ढल र नाला नहुँदा सास्ती ।  सडकमा व्यवस्थित ढल र नाला नहुँदा वर्षाको पानीले क्षतविक्षत पारेको गमगढी– नाक्चेलाग्ना सडक अन्तर्गत छायानाथ रारा नगरपालिका–१ गमगढी – सोरु सडकको गमगढी खण्ड। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/ रासस
आजका तस्बिर- साउन २५
पञ्चकन्या ।  सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आइतबार गाईजात्रा पर्वको अवसरमा निकालिएको नगर परिक्रमामा पञ्चकन्याको सहभागी हुँदै। तस्बिरः भविन कार्की/ रासस
आजका तस्बिर- साउन २५
गाइजात्रा ।  आइतबार गाइजात्राको अवसरमा दिवंगत आफन्तजनको सम्झनामा बसन्तपुरमा नेवार समुदायले सामूहिक रुपमा निकालिएको बास्सा नाच। तस्‍बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्