बेनी–जोमसोम सडक पुन: सञ्चालन । कालीगण्डकी करिडोर बेनी–जोमसोम—कोरोला सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी र अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर नजिकै गएको पहिरोले शुक्रबार रातिदेखि अवरूद्ध सडकको पहिरो पन्छाएपछि शनिबार बिहान करिब ११ बजेबाट सिधा सवारी आउजाउ सहज भएको छ। तस्बिरः सुशीलबाबू थकाली/रासस
खोला पार गर्दै भेडाका बथान । जगदुल्ला गाउँपालिका–१ स्थित जगदुल्ला पाटनबाट आउने जगदुल्ला खोलामा पुल नहुँदा काठको लाप्को मार्फत भेडाका बथान खोला पार गर्दै। यही अस्थायी पुलमार्फत स्थानीयबासीहरू यात्रा गर्दछन्। तस्बिर: हेमन्त केसी / रासस
जनै फेर्दै । तनहुँको देवघाट गाउँपालिका-५ स्थित गलेश्वर आश्रममा जनैपूर्णिमाको अवसरमा शनिबार बिहान जनै फेर्दै आश्रमका विद्यार्थी। तस्बिर: कृष्ण न्यौपाने/ रासस
मनाइयो विश्व आदिवासी दिवस । शनिबार काठमाडौँमा ३१ औं विश्व आदिवासी दिवस मनाइएको छ। नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा रहेका विभिन्न आदिवासी जनजाति समुदायका मानिसहरूले आ-आफ्नो जात जातिको वेशभूषा कला संस्कृति प्रदर्शन गर्दै विश्व आदिवासी जनजाति दिवस मनाएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
काठे पुलबाट सवारी साधन पार गरिँदै । पाताराशी गाउँपालिका–४ लुम स्थित काठबाट निर्माण गरिएको पुलमा सवारी साधनहरू पार गरिँदै। पक्की पुल नहुँदा काठेपुलबाट खोला तर्न बाध्य हुँदै स्थानीयवासी र सवार साधन डोल्पाबाट जुम्ला जोड्नका लागि यो मूल सडक हो। तस्बिरः हेमन्त केसी/रासस